INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख घर भई हाल दाङको घोराही उमनपा-४ बस्दै आएका २३ वर्षीय दाजुलाई चैत २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत २२ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका छिमेकीहरूले जिल्ला प्रहरी कार्यालय घोराहीमा सोही दिन खबर गरेका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पतालमा चैत २३ गते गरिएको छ । पीडित बालिकाको रक्तश्राव नरोकिएकाले उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो