आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-३ का १९ वर्षीय सम्राज गुरुङलाई चैत २१ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत २१ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।
पीडित पक्षले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, बुटवलका इन्स्पेक्टर भिमप्रसाद भट्टराईले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २१ गते लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा गरिएको छ ।