INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई चैत १८ गते बलात्कार गरेको आरोपमा सोनमा गाउँपालिका-२ का २० वर्षीय चाँद अहमद विरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चैत २० गते उजुरी परेको छ ।

आरोपित पक्षले घटना गाउँमै मिलाउन दबाव दिएको पीडित बालिकाकी आमाले बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जलेश्वरमा चैत २० गते नै गराएर मुद्दा दर्ता गरिएको बताए । एसपी कडायतले आरोपित फरार रहेको र खोजतलास भइरहेको बताए ।

अन्य

भिडियो