१४ वर्षीया बालिकालाई बलात्कार गरेर ‘फरार’ रहेका म्याङ्लुङ नपा-१ का २९ वर्षीय गोपाल भण्डारीलाई १० वर्षपछि चैत १५ गते प्रहरीले गिरफ्तार गरेको छ ।
विराटनगरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीको विशेष टोलीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले जानकारी दिए । भण्डारीलाई जिल्ला अदालतले ०७१ सालमा कैदको फैसला सुनाएको थियो ।
प्रहरीद्वारा गिरफ्तार गरिएका भण्डारीलाई चैत १६ गते जिल्ला कारागार चलान गरिएको छ ।