१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय दाजुलाई चैत १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १२ गते बलात्कार गरेको पीडित पक्षले चैत १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनायो ।
पीडित बालिकालाई आरोपितले यसअघि पनि पटकपटक बलात्कार प्रयास गरेको भए पनि कसैलाई नभनेको बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १४ गते जिल्ला अस्पताल तम्घासमा गरी थप उपचारका लागि काठमाडौँ पठाइएको डक्टर सुरेन्द्र रायमाझीले बताए ।
जिल्ला प्रहरी कार्यालयका एसपी अनुरागकुमार द्विवेदीले अहिलेको दर्दनाक घटनाको उच्चारण गर्न पनि मन नलागेको बताए । उनले आफ्नो लामो प्रहरी सेवा अवधीमा यस्तो लज्जित घटना पहिलो भएको बताए ।