नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषद बर्दियाले जिल्लाका सबै जनप्रतिनिधिलाई चैत १२ गते राजिनामा गर्न दबावस्वरूप पत्र पठाएको छ ।
जिल्ला जनपरिषद बर्दियाको चलानी नम्बर २५ लेखिएको पत्रमार्फत जिल्लाका आठ ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको राजिनामा माग गरिएको हो ।
जिल्ला जनपरिषद् प्रमुख टिकाराम चौधरीले हस्ताक्षर गरेको पत्र बर्दियाका सबै स्थानीय तहका जनप्रतिनिधिको हातहातमा पुगेको जनाइएको छ ।
पत्रमा सरकारले लोकतन्त्रको नाममा फासिवाद अभ्यास गरेको, आफैँ सरकार प्रमुख, आफैँ व्यापारी, ठेकेदार आफैँ व्यावसायी सिंहदरबारदेखि स्थानीय गाउँ टोलमा भ्रष्ट्राचार, कालो बजारी, राजनीतिक तथा सामाजिक दलाली, मानव बेचबिखन, भ्रष्टाचार, कर छलीलगायत नियन्त्रण गर्न नसकेका कारण राजिनामा गर्न भनिएको छ ।