बहुविवाह गरेको आरोपमा पलाता गाउँपालिका-१ का ३३ वर्षीय जने भण्डारीविरुद्ध उनकी जेठी पत्नी २३ वर्षीया हिरा भण्डारीले चैत ९ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् ।
आरोपितले सोही ठाउँकी १८ वर्षीया छायाँ न्यौपानेलाई चैत ८ गते अर्को विवाह गरेको चैत ९ गते जानकारी पाएको प्रहरी कार्यालयमा पीडितले दिएको उजुरीमा उल्लेख छ ।
पीडितले उजुरी दिएपछि फरार आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुभाषचन्द्र बोहोराले बताए ।