२५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका-५ का ३५ वर्षीय जिवछ राम र विष्णुपुर गाउँपालिका-३ का ३० वर्षीय इसराइल मियाँलाई चैत ६ गते गिरफ्तार गरेको छ ।
बलात्कार गरी भारतीय क्षेत्रमा लुकेका आरोपितहरूलाई भारतीय प्रहरीको सहयोगमा भारत विहारको अन्धरामण्ठ थाना महथौर ग्राम पञ्चायतबाट गिरफ्तार गरी सप्तरी ल्याइएको एसपी मुकेशकुमार सिंहले बताए ।
पीडित महिलालाई आरोपितहरूले फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।
आरोपितहरूविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा फागुन २६ गते दिएको उजुरी फागुन २७ गते दर्ता गरिएको थियो । पीडित महिलाको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा फागुन २७ गते स्वास्थ्य परिक्षण गरिएको छ ।