३६ वर्षीया महिलालाई ठाकुरबाबा नपा-१ सिहंबहानीका ५२ वर्षीय कालिबहादुर बोहोराले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बर्दियामा चैत ४ गते पीडितले उजुरी दिएकी छन् ।
पीडित महिलालाई आरोपितले चैत ३ गते बलात्कार गरेको आरोपमा न्यायका लागि उजुरी गरिएको पीडित पक्षले जनायो ।
पीडित महिलाले दिएको उजुरी दर्ता गरी आरोपितको खोजी र कानुनी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी जनक भट्टराईले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा चैत ४ गते गरिएको छ ।