नेत्रविक्रम चन्द नेतृत्वको नेकपा आबद्ध जिल्ला जनपरिषद (जनसत्ता) चितवनले स्थानीय तहका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरूलाई राजीनामा दिन भन्दै पत्र काटेको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र अन्य जनप्रतिनिधिलाई पत्रमार्फत राजीनामा माग गर्दै परिषदले राजीनामा नदिए वर्ग सङ्घर्षको निशानामा पर्ने चेतावनी दिएको छ ।
जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलले हस्तक्षर गरेको पत्र भरतपुर महानगरपालिकाकी मेयर दाहाललाई सम्बोधन गरेर लेखिएको छ ।
पत्रमा सरकारले लोकतन्त्रको नाममा फासिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छली, महिला बेचबिखन, महिला हिंसा, समाजिक दलालीकरण गरेको आरोप लगाउँदै राजीनामा दिएर वैकल्पिक सत्ताको रूपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न आग्रह गरिएको छ ।