१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा भारतको मधुवनी जिल्ला जयनगर बस्ने ४५ वर्षीय किसुन मुखियाविरूद्ध चैत १ गते उजुरी दिएको छ ।
पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितले फागुन २० गते यौन दुर्व्यवहार गरी फरार भएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्रचार्यले उजुरी ढिलो आएकाले आरोपित फरार भएको र खोजतलास भइरहेको बताए ।