१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-५ का २० वर्षीय शङ्करकुमार खंगविरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन ३० गते उजुरी दर्ता गरिएको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा फागुन २० गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा फागुन २० गते नै गरिएको थियो । आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।