INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विजयनगर गाउँपालिका-१ गुगौलीका २२ वर्षीय कैालाश खटिक र सोही ठाउँका २२ वर्षीय रविन्द्र खटिकलाइ फागुन ३० गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले फागुन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २९ गते दिएको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका डिएसपी जनक कार्कीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २९ गते शिवराज अस्पताल बहादुरगञ्जमा स्वास्थ्य परीक्षण गरिएको डिएसपी कार्कीले बताएका छन् ।

अन्य

भिडियो