६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलार्इ फागुन २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई सत्यनारायण यादवले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २९ गते राति नै जिल्ला अस्पताल तम्घासमा गरिएको र उपचारका लागि पाल्पा ‘रिफर’ गरिएको छ ।