१७ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-३ का २० वर्षीय एटलाण्टिक चौधरी र सोही ठाउँका २० वर्षीय अजयकुमार चौधरीलाई फागुन २९ गते गिरफ्तार गरेको छ ।
अन्य आरोपितहरू सोही ठाउँका २२ वर्षीय अर्जुनकुमार साह, २१ वर्षीय मनोजकुमार साह, २० वर्षीय बबी चौधरी र नाम नखुलेका अन्य दुई जना फरार रहेकाले खोजी कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई आरोपितहरूले फागुन २७ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा फागुन २८ गते गरिएको छ ।