१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले काठमाडौँका २६ वर्षीय दिनेश अधिकारीलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ ।
न्यायाधीश स्वीकृत पराजुलीको फागुन २८ गते बसेको इजलाशले अधिकारीलाई ६ वर्षकैद र पीडितका नाममा १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
पीडित बालिकालाई अधिकारीले ०७३ मङ्सिर २४ गते बलात्कार गरेको आरोपमा प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते हेटौँडा अस्पतालमा गरिएको थियो ।