२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवराज नपा-१० लालपुरका ३२ वर्षीय जैफुल्लाह मनिहारलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले फागुन २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई फागुन २४ गते बलात्कार गरेको आरोपमा सोही दिन वडा प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन शिवराज अस्पताल, बहादुरगञ्जमा फागुन २५ गते गरिएको छ ।