INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रपति निर्वाचनका लागि आचार संहिता लागू

निर्वाचन आयोगले फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको जनाएको छ । उम्मेदवारको मनोनयन दर्ता भएसँगै आयोगले आचारसंहिता लागु भएको जनाएको हो ।

फागुन २३ गते बसेको आयोग पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि लागू गरिएको आचारसंहिता अन्य निर्वाचन अचारसंहिता जस्तै सम्बन्धित सबै सरकारी निकाय र व्यक्तिलाई लागू हुने छ ।

आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मीलाई आचारसंहिता लाग्ने जनाएको छ ।

यस्तै, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले समेत आचारसंहिता पालनामा ध्यान दिनु पर्ने आयोगले जनाएको छ ।

अन्य

भिडियो