INSEC Online

📅 २०८३ जेष्ठ २१

परियोजना अभिमुखीकरण कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा इन्सेकले सन् २०२५ देखी २०२८ सम्म सञ्चालन गर्ने परियोजनाको अभिमुखीकरण कार्यशाला बैठक ०८२ भदौ २ र ३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमले अभिमुखीकरण कार्यशाला बैठकमा मानव अधिकार अभिलेखीकरण, मानव अधिकार शिक्षा, मानव अधिकार पैरवी र बहसलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले मानव अधिकार अभिलेखिकरणका लागि मिडिया अनुगमनलाई आगामी दिनमा वढाउनु पर्नेमा जोड दिनु भयो ।

Photo 2025=08-19 Banke (2)मानव अधिकार प्रलेख कार्यक्रमका प्रमुख मदन पौडेलले मिडिया मोनिटरिङ, मानव अधिकार हटलाइन व्यवस्थापन, इन्सेक प्रतिनिधि परिचालन, संघसंस्थासँग सहकार्य, जिल्ला अनुगमण जस्ता गतिविधिहरु मार्फत मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनाहरुको अभिलेखीकरण गर्नु पर्ने बताउनु भयो ।

Photo 2025-08-19 Banke (4)

मानव अधिकार शिक्षा कार्यक्रमका प्रमुख कृष्ण प्रसाद नेपालले आगामी तीन वर्षमा मानव अधिकार शिक्षा अन्र्तगत गरिने क्रियाकलापको मुख्य उद्देश्य तथा गतिविधिको कार्ययोजना बारेमा प्रकाश पार्नु भयो । विशेष गरी मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत आगामी समयमा मानव अधिकार रक्षकको प्रदेशस्तरीय नेटवर्क गठन गर्ने र यी संयन्त्रहरुले समकालिन मानव अधिकारका विषयहरुमा सरकार र स्थानीय सरोकारवालाहरुसँग समन्वय गर्दै आगामी दिनमा इन्सेकले अभियान अगाडी बढाउने बताउनुभयो ।

Photo 2025=08-19 Banke (3)

वकालत तथा पैरवी कार्यक्रमकी प्रमुख सम्झा श्रेष्ठले मानव अधिकार अभिलेखीकरण र मानव अधिकार शिक्षाबाट देखिएका मुख्य सवालहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा वकालत तथा पैरवी गर्दै जानुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा आगामी दिनमा वातावरणीय अधिकार, व्यवसाय र मानव अधिकार, सङ्क्रमणकालीन न्याय प्रक्रियाको अनुगमन, मानव अधिकार सूचना तथा स्रोत केन्द्र व्यवस्थापन, कारागार तथा हिरासत केन्द्रको अवस्था अनुगमन, प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन तथा प्रभावकारी परिचालन जस्ता विषयहरुमा अझबढी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुमा जोड दिइएको थियो ।

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालय, सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश कार्यालयको सहभागिता रहेको थियो ।

अन्य

भिडियो