१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा-१२ का ३१ वर्षीय महेश महरालाई फागुन २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २० गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन २० गते गरिएको छ ।