नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुङ्गाको स्थानीय तहका जनप्रतिनिधिहरूको राजीनामा मागेको छ ।
उक्त पार्टीले समानान्तर सरकार भन्दै गठन गरेको ‘जनपरिषद् नेपाल’को नाममा फागुन २१ गते पत्र लेख्दै जनप्रतिनिधिहरूको राजीनामा माग गरेको हो ।
सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमुखहरूलाई पत्र बुझाएको छ । ‘मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रको स्वाधिनता सामाजिक सुरक्षा सहितको विकास र समृद्धिको आधार तयार गर्नको लागि तपाइँले आफ्नो पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्रता पूर्वक आग्रह गर्दछौँ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाइँ आफैँ हुनुपर्नेछ’ भन्ने चेतावनी युक्त भाषमा पत्र लेखेको छ ।
जिल्ला जनपरिषद् प्रमुख विनयले हस्ताक्षर गरेर पत्र पठाइएको छ । फागुन २२ गते भित्रमा सबै स्थानीय तहका प्रमुखहरूलाई पत्र बुझाइसक्ने पार्टीका जिल्ला सेक्रेटरी अमृत बस्नेतले जानकारी दिए