INSEC Online

📅 २०८३ जेष्ठ २१

‘हत्यारा’लाई सार्वजनिक गरी कारबाहीको माग गर्दै टिकापुर बजार तीन दिनदेखि बन्द

टिकापुर बाजार तीन दिनदेखि बन्द गरिएपछि यहाँको जनजीवन प्रभावित हुँदै आएको छ । फागुन १८ गतेदेखि टिकापुरका शैक्षिक संस्था, कलकारखाना, बजार पुर्णरूपमा बन्द रहेका छन् ।

फागुन १८ गते टिकापुर बजारमा होली खेल्ने क्रममा स्थानीय २१ वर्षीय कर्ण थापाको हत्या गरिएको भन्दै उनका आफन्तले हत्यामा सङ्लग्न भएकाहरूलाई गिरफ्तार गरी कारबाहीको माग गर्दै टिकापुर बजार अनिश्चितकालका लागि बन्द गर्दै आएका हुन् ।

घटनामा संलग्न भएको आरोपमा १२ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख बिनोद घिमिरेले बताए ।

मृतकका आफन्तहरूले फागुन २० गते टिकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलको घर घेराउ गरेपछि स्थिति नियन्त्रणमा लिन फागुन २० गते प्रहरीले चार राउण्ड हावाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख घिमिरेले बताए । प्रहरीले मेयर रावलको घरमा सुरक्षा पहरा दिरहेको छ ।

कुनै अप्रिय घटना नहोस् भन्नका लागि टिकापुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

अन्य

भिडियो