INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकारकर्मी सिंहको मृत्युमा इन्सेकद्वारा दु:ख व्यक्त

सर्वोच्च अदालतका पूर्व न्यायाधीश, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवम् ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष रामनगिना सिंहको ७८ वर्षको उमेरमा फागुन २० गते असामयिक निधन भएको खबरले दु:खी तुल्याएको इन्सेकले जनाएको छ ।

इन्सेकका अध्यक्षा सुबोधराज प्याकुरेलद्वारा फागुन २१ गते जारी शोक सन्देशमा भनिएको छ-‘दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछौँ ।’

‘नेपालको न्याय व्यवस्था, मानवअधिकार तथा सामाजिक न्याय र ज्येष्ठ नागरिकका अधिकारका विषयमा गर्नुभएको योगदानका कारण उहाँको स्मरण भइरहनेछ । जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकका अधिकारका लागि कृयाशील रहनु भएका सिंहलगायतका अभियन्ताका कारण ज्येष्ठ नागरिकका हक अधिकारहरु नेपालको संविधान, कानुन तथा नियमावलीहरुमा लिपीबद्ध भएका छन् । नेपालको मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा स्वर्गीय सिंहको अभाव सदा खड्किनेछ ।’-शोक सन्देशमा उल्लेख छ ।

अन्य

भिडियो