२१ वर्षीया महिलालाई जबरजस्ती यौन व्यववसायमा लगाएको आरोपमा माडी नपा-६ का ३१ वर्षीय राजु काफ्लेलाई चितवन जिल्ला अदालतले फागुन २० गते ११ वर्षकैद सजाय सुनाएको छ ।
न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कैदसँगै राजुसँग ५५ हजार जरिबाना असुल गर्नुपर्ने र २५ हजार रुपियाँ पीडित महिलालाई क्षतिपूर्ति भराउनु पर्ने फैसला पनि गरेको छ ।
‘होटलमा राखी यौन सम्पर्क गराउन बाध्य पारेको’ आरोपमा पीडित महिलाले आरोपितविरूद्ध साउन १७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको पक्षबाट मुद्दा लडेकी महिला अधिकारकर्मी अधिवक्ता फूलमाया रानाभाटले मानव बेचविखन तथा ओसारपोसार ऐन २०६४ को दफा ४ (ख) बमोजिम मुद्दा दर्ता भइ ऐनको दफा १५ (ख) बमोजिम ११ वर्षको कैद सजाय भएको जानकारी दिइन् ।