५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवि गाउँपालिका-५ बलुहवाका ३० वर्षीय रामविरूद्ध पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि फरार रहेका आरोपितको खोजी कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डिएसपी जनक कार्कीले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ परीक्षण फागुन १५ गते जिल्ला अस्पतालमा गरिएको छ ।