INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको ठहरमा १ वर्ष ६ महिना कैदको फैसला

३३ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका खोटाङ राजापानी-५ स्थायी घर भई उदयपुरको रौतामाई गाउँपालिका-४ सल्लेमा कृषि पेशा गर्दै आएका ५४ वर्षीय रामबहादुर राई र रौतामाई-४ कै ५५ वर्षीय डम्बरबहादुर मगरलाई जिल्ला अदालतले कात्तिक १४ गते १ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बलात्कारको प्रयास गरेको देखिएको भन्दै यस्तो फैसला सुनाएको हो । ०७४ असोज ३० गते राई र मगरले बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १ गते जिल्ला अस्पतालमा भएको थियो । उजुरीकै दिन गिरफ्तार भएका आरोपितद्वयलाई जिल्ला अदालतले कात्तिक २३ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

अन्य

भिडियो