INSEC Online

📅 २०८३ जेष्ठ २१

बहिनी हत्या घटनाका आरोपित गिरफ्तार

बारबर्दिया नपा-३ बेलवाबज्जाकी १५ वर्षीया सावित्री थारुलाई हत्या गरेको आरोपमा उनका १७ वर्षीय दाजुलाई प्रहरीले फागुन ११ गते गिरफ्तार गरेको छ ।

घरमा सुतिरहेकी सावित्रीलाई आरोपितले फागुन ११ गते फरुवा प्रहार गरी हत्या गरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फरुवा प्रहारबाट गम्भीर घाइते सावित्रीलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो । उनको उपचारका क्रममा सोही दिन मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खड्काले बताए । शवको पोष्टमार्टम कोहलपुर मेडिकल कलेजमा फागुन ११ गते भएको छ ।

अन्य

भिडियो