नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा कपिलवस्तुको शिवराज नपा र बुद्धभुमि नपा सिमानामा पर्ने महेन्द्र राजमार्गमा पर्ने बेलनदी नजिकै अज्ञात समूहले पेट्रोल बम प्रहार गर्दा काठमाडौँबाट दाङका लागि हिँडेको ना ६ ख ७९१० नम्बरको यात्रुवहाक बसमा क्षति हुनुको साथै बसमा यात्रा गरेका १४ जना यात्रु सामान्य घाइते भएका छन् ।
दिउँसो करिब २ बजेको समयमा प्रहरीले स्कर्टिङं गर्दै गएको अवस्थामा पछाडि रहेको बसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको डिएसपी जनकबहादुर कार्कीले जानकारी दिएका छन् ।
घाइतेको उपचार चन्द्रौटास्थित सामुदायिक अस्पतालमा गरेपछि प्रहरीको स्टकर्टिङमा गन्तव्यतर्फपठाइएको डिएसपी कार्कीले बताएका छन् ।