INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्दकर्ताद्वारा गाडीमा तोडफोड, चार जना बन्दकर्ता गिरफ्तार

बन्दको अवज्ञा गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पुरानो बानेश्वरमा बा १ ज ६४०५ नं को सिनामङ्गल-मैतीदेवी-रत्नपार्क ‘रुट’ मा चल्ने माइक्रोको अगाडिको सिसा फुटाएका छन् ।

मध्यबानेश्वरमा ओखलढुङ्गा जिल्ला अदालतको पार्क गरी राखिएको बा १ ज ८१८० नं को सरकारी नं प्लेटको सवारी साधनमा पनि क्षति पुर्‍याइएको महानगरीय प्रहरी परिसरका डिएसपी बसन्त रजौरेले बताए ।

प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई फागुन ८ गते गिरफ्तार गरेको छ । आज भनिएको नेपाल बन्द गराउन हिँडेको आरोपमा सो पार्टीका कार्यकर्ता नरेन्द्रबहादुर भण्डारी, अक्षयकुमार राई, सन्तोष खडका र विक्रम केसीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले आह्वान गरेको बन्दको अवज्ञा गरेको आरोपमा कञ्चन गाउँपालिका-५ फारल्याण्ड (पिपरिया) मा महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको लु. ४ ख. ४८८० नम्बरको यात्रुबाहक बसमाथि ढुङ्गा प्रहार गरेको छ । ढुङ्गा प्रहारबाट चालकपट्टीको सिसा फुटेको इलाका प्रहरी कार्यालय रूद्धपुरका सई बासु गिरीले बताए ।

अन्य

भिडियो