INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थाहा नपा-१ का ७१ वर्षीय नन्दलाल गोपालीलाई फागुन २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विगत ७ महिनादेखि बलात्कार गर्दै आएको र पछिल्लो पटक फागुन १ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले थाहा नपास्थित इलाका प्रहरी कार्यालयमा सोही दिन निवेदन दिएका थिए ।

पीडितका साथीले बालिकाको आमालाई घटनाबारे भनेपछि पीडित पक्षले प्रहरीमा निवेदन दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २ गते थाहा नपास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो ।

अन्य

भिडियो