INSEC Online

📅 २०८३ जेष्ठ २१

भरतपुर अस्पतालको पिउने पानी दुषित

भरतपुर अस्पतालको पिउने पानीमै अत्याधिक मात्रामा कोलिफर्म नामक घातक व्याक्टेरिया भेटिएको छ । शुद्ध भनिएको पिउने पानीमा कोलिर्फमको मात्रा शुन्य हुनुपर्छ अर्थात् कोलिफर्म हुनुहुन्न । तर, भरतपुर अस्पतालको बी ब्लकमा वितरण हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएको छ । कोलिफर्म भेटिएपछि प्रयोगशाला रिपोर्टले भनेको छ-‘पानी पिउन योग्य छैन ।’

photo20180213chitwan (2)

टोटल र फेकल गरी दुई प्रकारको कोलिफर्म हुन्छ । अस्पतालमा टोटल कोलिर्फमको प्रयोगशाला परीक्षण भएको थियो । परीक्षण पछिको नतिजा निकै डरलाग्दो आयो । जम्मा ४० एमएल जति पानी परीक्षण गर्दा चार विभिन्न प्रकारका व्याक्टेरियाहरू १ हजार ६ सय सङ्ख्यामा फेला परे ।

इ-कोलि, क्लेवशिला स्पेसिज, सुडोमोनस अरूगोनिसा र एसिनेटो व्याक्टर स्पेसिज फेला परेको परीक्षण रिपोर्टमा उल्लेख छ । जसमध्ये इचेरिकिया कोलि मानिसको ठूलो आन्द्रामा भेटिने व्याक्टेरिया हो ।

माघ २४ गते पानीको नमूना सङ्कलन गरी माघ २८ गते प्रयोगशाला रिपोर्ट सार्वजनिक भएको थियो । तत्काल पानी शुद्धिकरणमा लाग्न रिपोर्टमार्फत सुझाव दिइएको छ ।

photo20180213chitwan (1)

दिशा र खानेपानी ट्याङ्की एकैठाउँमा

बी ब्लक भवनको पछाडिपट्ट ढल, दिशा जम्मा हुने सेफ्टी ट्याङ्की र त्यसै भवनमा प्रयोगमा आउने खानेपानीको ट्याङ्की एकै ठाउँमा छ । अहिले सेफ्टी ट्याङ्की भरिएको छ । सेफ्टी ट्याङ्की भरिएर जम्मा २ मिटर मात्र टाढा रहेको खानेपानी स्रोतमा पुग्छ । कहिलेकाँही पानीको ट्याङ्की भरिँदा सेफ्टी ट्याङ्कीमा पुग्छ । यसरी दिशा सोझै खानेपानीमा मिसिन्छ ।

अन्य

भिडियो