११ वर्षीया बालिकालाई माघ २५ गत बलात्कार गरेको आरोपमा पीडित पक्षले सिरहा नपा-३ का २४ वर्षीय धर्मेन्द्र भन्ने शुरेश ठाकुरविरूद्ध जिल्ला प्रहरी कार्यालय, सिरहामा माघ २६ गते उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, सिरहामा माघ २५ गते भएको थियो भने थप उपचार लहानस्थित सप्तऋषी अस्पतालमा भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर वीरेन्द्र ठाकुरका अनुसार आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको छ ।