११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-२ का ५० वर्षीय रामसुन्दर राउतलाई प्रहरीले माघ २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ ८ गते बलात्कार गरेको आरोपमा उजुरी परेकाले अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए ।
पीडितका बुवाले माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा हुलिया उजुरी दिएपछि पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गरिएको छ ।