INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकका मानव अधिकारको संरक्षणका लागि समन्वय र सहकार्यमा जोड

मानव अधिकारको विविध सवालमा प्रभावकारी कार्यान्वयनका लागि सूक्ष्म अनुगमन र खबरदारी गर्न मानव अधिकारकर्मी र सञ्चारकर्मी बीच समन्वय र सहकार्य बढाउनुपर्ने कुरामा सहभागीहरुले जोड दिएका छन् । मानव अधिकार र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघ बाँके र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा ०८२ साउन १४ गते नेपालगञ्जमा सम्पन्न भएको थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले गर्नु भएको थियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा जानकारी दिनु भएको थियो । जसमा राज्यपक्षबाट पाँच जना पुरुष पीडित भए भने अन्यपक्षबाट १ हजार २ सय ४२ जना पीडित भए । यस अवधिमा १ सय ३ जना बालिका बलात्कार र दुई जना नाबालकाको हत्या भएको इन्सेकमा अभिलेख गरिएको छ । महिलामाथि हुने घरेलु हिंसाका घटनामा ९ सय ५३ जना महिला पीडित भएको इन्सेकले अभिलेख गरेको छ । सो अवधिमा ४८ जना महिला बलात्कार भएको इन्सेकले अभिलेख रहेको जानकारी गराउनु भयो । लुम्बिनी प्रदेशमा रहेका कारागारमा क्षमता भन्दा बढी कैदी बन्दीहरू रहेका कारण उनीहरूको दैनिकी कष्टकर रहेको, बालसुधार गृहहरूको अवस्था पनि दयनीय रहेको कुरा अनुगमनका क्रममा पाइएको कुरा उहाँले बताउनु भयो ।

4_ INSEC Province Coordinator _Bhola Mahat

उहाँले लुम्बिनी प्रदेश सरकारले मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको अनुगमन समिति बनाउन नसकेको, कार्ययोजनालाई स्थानीय तहसम्म पु¥याउन स्थानीय निकायहरूले उक्त समिति गठन गर्ने इच्छाशक्ति समेत प्रकट नगरेकोले मानव अधिकारको संरक्षण तथा संवद्र्धनका लागि सबैको सामूहिक प्रयास आजको आवश्यकता भएकाले मानव अधिकार र सञ्चार बीचको समन्वय सहकार्य बढाउनुपर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले नागरिक अगुवा संगठनहरु सहकार्य र समन्वय गरेर अघि बढ्न आवश्यक रहेको चर्चा गर्दै संगठित ढंगले अघि बढे सञ्चार र मानव अधिकारको अवस्थालाई प्रबद्र्धन गर्न टेवा पुग्ने बताउनु भयो ।

1_ Chief Guest _ FNJ Lumbini Province Presedent

नेपाल पत्रकार संघका अध्यक्ष नवीन गिरीले मिडियाको स्वातन्त्रता विना मानव अधिकारका आधारभूत अधिकार प्राप्त होला भनेर कल्पना गर्नु व्यर्थ रहेको बताउदै मानव अधिकारको संरक्षण, प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सरकारले दिने सेवा सुविधाका बारेमा सूक्ष्म अनुगमन गर्ने र खबरदारीको भूमिका खेल्न पत्रकार र मानव अधिकारकर्मीहरु एक ठाउँमा आउन जरुरी भएको बताउनु भयो ।

वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठले पी.आई.एल. कानुन व्यवसाय समूह मार्फत आफूहरुले सामाजिक उत्तरदायित्वमा काम गर्दै आइरहेको जानकारी गराउनु भयो । उच्च अदालतले जाहेरी दर्ता गर्नु गराउनु भनेर आदेश दिँदा समेत प्रहरी प्रशासनबाट जाहेरी दर्ता नहुनु विडम्बना भएको भन्दै यस तर्फ सञ्चारकर्मीहरुको ध्यानाकर्षण गराउनु भयो ।

3_ Senior Advocate _Sunil Kumar Shrestha

पत्रकारहरु नरेन्द्रजंग पिटरले “अहिले नागरिक समाज भनेको चिलाएपछि एक हप्तापछि कनाउँने र टोक्यो भने १५ दिनपछि आईया” भन्ने जस्तै भएको छ । नागरिक अन्दोलन सुक्दै गइरहेको बताउनु भयो । उहाँले न्यायालयमा समेत पार्टीगत नियुक्ति हुने भएकोले कसरी न्यायको अनुभूति हुन्छ भनेर प्रतिप्रश्न गर्नुभयो ।

7_Journalist & Writer _ Narendra Jung Piter

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयका मानव अधिकार अधिकृत दयाराम पाठक, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, अधिवक्ताहरु विकास आचार्य, अधिवक्ता बसन्त गौतम, अधिवक्ता विरबहादुर ओली, अधिकारकर्मीहरु प्रकाश उपाध्याय, कमला पन्त, केशव कोइराला, प्रभात सिंह ठकुरी, केशव नेपाली, प्रेम केसी, निरज गौतम, मो. आरिफ अन्सारी, विरेन्द्र जैसी, साहिदा साहले मानव अधिकारको प्रवद्र्र्धधन र सामाजिक अभियानहरुलाई तार्किक निष्कर्षमा पुर्‍याउन आपसी सहयोग, सहकार्य र समन्वयलाई बलियो बनाउनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गर्नु भएको थियो ।

2_FNJ Banke Chairperson

5_ Attenddees

6_ NHRC Nepalgunj HR Officer

अन्य

भिडियो