INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसमा र्‍याली तथा कोण सभा

मानव बेचबिखन संगठित अपराध हो, शोषण अन्त्य गर्नुहोस् भन्ने मुल नाराका साथ १९ औँ अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस सिरहामा ०८२ साउन १४ गते र्‍याली तथा कोण सभा गरी सम्पन्न भयो । सिरहा नगरपालिका, इन्सेक, मुक्ति नेपाल, जिल्ला प्रहरी कार्यालय, महिला मानव अधिकार रक्षक सञ्जाल, सामुदायिक प्रहरी लगायत संघसंस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

Photo 2025-07-30 Siraha-01

कोण सभा कार्यक्रममा सिरहा नगरपालिकाका प्रमुख डा. नविनकुमार यादवले मानव बेचबिखन धेरै ठूलो अपराध भएको बताउनु भयो । मानव बेचबिखन रोक्न संघ, प्रदेश र स्थानीय सरकारले ध्यान पु¥याउन आवश्यक रहेको बताउनु भयो । बेचबिखन गर्ने गिरोह दलालहरु सक्रिय रहेको र भारतको सिमाना पनि नजिकै रहेकोले विभिन्न लोभ लालचमा पारेर बेचबिखन गर्न दलालहरु सफल भएको बताउनु भयो । यसलाई रोक्न गाउँ टोलटोलमा जनचेतना फैलाउनु आवश्यक रहेको र कानुनी प्रकृयामा ल्याउनु पर्ने भएकोले सबैको सहकार्यमा जनचेतना फैलाउन आग्रह गर्नु भयो ।

Photo 2025-07-30 Siraha-02

त्यसैगरी प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बेचबिखन गर्नु भनेको जघन्य अपराध भएको बताउनु भयो २०६४ को ऐन र २०६५ को नियमावलीले यौनशोषन, बेश्याबृत्ती, इच्छा बिपरित एकठाउँबाट अर्काे ठाउँमा लग्नु, एउटा काम भनेर अन्य काममा लगाउनु पनि बेचबिखन भएको बताउनु भयो । रोजगारीको नाममा गाउँबाट शहरमा लगि डान्सबारदेखि अन्य काममा लगाइ शोषन गर्नु पनि बेचबिखन भएको बताउनु भयो । यसलाई रोकथाम गर्न सिमानामा कडाइका साथ चेकजाँच गर्ने र सचेतना फैलाउनु भएको बताउनु भयो ।

मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले मानव बेचबिखन व्यापक रुपमा भएको बताउनु भयो । वैदेशिक रोजगारको नाममा बेचबिखन भए पनि सरोकारवालाहरु गम्भीर नभएको बताउनु भयो । केन्द्रदेखि प्रदेशसम्म र हरेक निकायमा बिचौलियाहरु भएकोले गरीबका कुराहरुको सुनुवाइ नभएको र उजुरी प्रकृयामा नगएको बताउनु भयो । विभिन्न हिंसामा भएका महिलाहरुको न्यायिक प्रकृयामा ढिलाइ हँुदा विभिन्न लोभ लालचमा परि बेचबिखनमा परेको बताउनु भयो । नजिकमा सिमाना भएको र सिमामा कडाइका साथ जाँच नहुँदा विभिन्न प्रलोभनमा परि महिला, बालबालिकाहरु भारतमा लगि बेचिएको बताउनु भयो ।

अन्य

भिडियो