INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३० गते सम्पन्न गरेको छ ।

धादिङ जिल्लामा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६ महिनाको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३८ ओटा घटना इन्सेकले अभिलेख गरेको छ ।

1000000824

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ३८ जना पीडित भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । जसमा बाल अधिकार अन्तरगत बलत्कार र यौन दुर्व्यवहारका १२, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव दुर्व्यवहार अन्तर्गत बलत्कार, बलत्कार प्रयासका ७, घरेलु हिंसाका १७ , कारागारमा मृत्यु एक र हत्याका २ गरी ३८ घटना रहेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले तथ्यमा आधारित भएर दुरदराजका घटनाहरू समेत नछुटाई वर्षपुस्तकमा समेट्न र मानवअधिकार संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रल्हाद सिलवालले प्रहरी मानव अधिकार प्रति प्रतिवद्ध रहेको बताउँदै महिला, दलित, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको मुद्दा तथा विषयलाई प्राथमिकतामा राख्ने र अग्राधिकार दिएर काम गरिरहेको बताउनुभयो ।

नेपाल मानव अधिकार सङ्गठनका जिल्ला अध्यक्ष कृष्णराज अधिकारीले हालका वर्षहरुमा फौजदारी किसिमका मुद्दा घटेकोमा अध्यायन गर्नुपर्ने उल्लेख गर्दै देवानी प्रकृतिका घटनामा कमी नआएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

दलित सेवा सङ्घका अध्यक्ष श्याम मगरातीले मानव अधिकार शिक्षाको अधिकारमा समेट्न आग्रह गर्दै नीलकण्ठ बालमन्दिर माविमा शिक्षकले एसइइ परीक्षामा ५० पूर्अंणाङ्ककको प्राक्टिकलमा २५ पूर्णाङ्क ठानेर कम नम्बर दिएका कारण कम नम्बर आएर विद्यार्थीले समस्या भोगेको विषय मानव अधिकार विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अन्य वक्ताहरूले मानव अधिकार र अभावका कारण हुने आर्थिक, सामाजिक सांस्कृतिक अधिकारका विषयवस्तु ननगरिकको मानव अधिकार भएको बताएका छन् ।

1000000832 1000000816

अन्य

भिडियो