अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र डिसीएको आर्थिक र प्रावधिक सहयोगमा मानव अधिकार सहायता कक्ष तथा पीडितमैत्री न्यायका सवालमा पत्रकार र अधिकारकर्मीबीच छलफल कार्यक्रम ०८२ असार २५ गते नेपालगञ्जमा सम्पन्न भएको छ । छलफल कार्यक्रममा पीडितहरुका सवालमा मानव अधिकार सिद्धान्त अनुरुप सरोकारवालाहरुको एक्यबद्धता हुनु पर्नेमा जोड दिइएको छ ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको सवालमा अभिलेख गरी पीडितहरुको पक्षको वकालत गर्ने बताउदै बताउनु भयो । उहाँले सङ्क्रमण कालीन न्यायिक समितिमा पीडितहरुको समस्या बुझ्ने व्यक्ति भयो भने पीडितहरुको न्यायमा पहुँच पुग्ने उल्लेख गर्नु भयो ।

इन्सेक संरक्षण परियोजना कार्यक्रम अधिकृत टेकनाथ आचार्यले विगत चार वर्षदेखि मानव अधिकार सहायता कक्षले गर्दै आएको प्रगति विवरण प्रस्तुत गर्दै मुख्य मुख्य क्रियाकलापबाट प्राप्त उपलब्धि र सामाजिक न्यायसम्बन्धी सवालमा पीआईएल ग्रुप, नागरिक समाज, सञ्चारकर्मी, अधिकारकर्मीहरुसँग हातेमालो गर्दै स्थानिय निकाय, सरोकारवालाहरुको सिफारिसमा ९१ जना पीडितलाई सहयोग गरिएको छ बताउनु भयो । उहाँले अधिकारका सवालमा डेलीगेसन, प्रेस विज्ञप्ति, सार्वजनिक सुनुवाई, सार्वजनिक सरोकारका विषयमा निवेदन दर्ता गर्ने गरिएको बताउनु भयो ।
एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले सङ्क्रमणकालीन न्यायको अवस्थामा मानव अधिकार र पीडितहरुको आवाजमा बाडिनु हुँदैन सिद्धान्त र पीडितको न्यायमा पीडितमैत्री बनाउन मानव अधिकार सिद्धान्त अनुरुप एकबद्धता हुनुपर्ने कुरामा जोड दिनु भयो ।
इन्सेकका सदस्य एवं अधिवक्ता विकास आचार्यले राज्यले सवल र सक्षम सङ्क्रमणकालीन न्यायिक समितिको न्यायसम्पादन कुरामा दबाब श्रृजना गर्दै साझा रुपमा जानुपर्ने बताउनु भयो ।
उच्च बार एशोसियसनका अध्यक्ष एवं अधिवक्ता चित्रबहादुर शाहीले गठित आयोगका पदाधिकारीहरु इमान्दारपुर्वक निष्पक्ष भई काम गर्न गरेमा पीडितमैत्री हुन्छ र बारले इन्सेकसँग सहकार्य गरी आगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले मानव अधिकार सहायता कक्षसँग सहकार्य गर्दै आएकाले कतिपय कार्यमा सफल भएको र न्यायक्षेत्रमा सार्वजनिक सरोकारका विषयहरुमा जनहितका विषयमा निवेदन दायर (पीआईएल) समूहले उल्लेख्य कार्य गरेकोले आयोगको तर्फबाट संघसंस्था र मानव अधिकारकर्मीहरुको सहयोग समन्वय सहकार्यमा निष्पक्ष कार्य गर्ने प्रतिवद्धता गर्नु भयो ।
ंसार्वजनिक सरोकारका विषयहरुमा जनहित याचिका कानुन व्यवसायी ( पीआईएल ) समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठले सङ्क्रमणकालीन न्यायका लागि गठन भएको समितिले अनुगमन मुल्याङ्कन पुर्वाग्राही नभई निष्पक्ष् ाढंगले आयोगको भूमिका प्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिँदै सरोकारवाला निकायले पनि निगरानी गनुपर्ने बताउनु भयो । साथै इन्सेकद्वारा सञ्चालित पीडितहरुको न्यायमा पहुँचकालागि मानव अधिकार सहायता कक्षलाई जिवन्त राख्न अनुरोध गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
बैठकको अध्यक्षता इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले गर्नुभएको थियो । कार्यक्रममा मानव अधिकार क्षेत्रका सरोकारवालाहरु, पीआईएल ग्रुप, नागरिक समाज, सञ्चारकर्मी पत्रकार, अधिकारकर्मीहरुको उपस्थिति थियो ।




