तीन वर्षीया बालिकालाई माघ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई माघ २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा माघ २० गते गरिएको छ ।
पीडित बालिकाकी हजुरआमाले माघ २१ गते इलाका प्रहरी कार्यालयमा दिएको उजुरी सोही दिन दर्ता गरी बालकलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको इन्स्पेक्टर डिल्लीप्रसाद चौहानले बताए ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले आरोपित नाबालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ अनुसार बालमैत्री वातावरणमा राखी अनुसन्धान गर्न आदेश दिएपनि सो बमोजिमको जिल्लामा व्यवस्था नहुँदा बालकलाई प्रहरी कार्यालय कञ्चनरूपमै सुरक्षाकर्मीहरूसँग राख्ने गरिएको इन्स्पेक्टर चौहानले बताए ।