INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तकको लागि अर्धवार्षिक समीक्षा कार्यक्रम चरिकोटमा ०८२ असार १४ गते सम्पन्न भयो ।

कार्यक्रममा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले विगत वर्षहरूको तुलनामा राज्यको तर्पmबाट मानव अधिकारको हनन् नभएको प्रतिवेदनमा आएको भन्दै जिल्लामा मानव अधिकारका घटना न्यून हुँदे गएको तथ्यांकले पनि देखिएको बताउनु भयो । उहाँले यसमा राज्यका सबै संयन्त्रको भूमिका प्रभावकारी रहेको बताउनु भयो ।

photo1dolakha20820315

आलेले मानव अधिकारका हनन्का घटना हुन नदिन हामी सबैको भूमिका महत्वपूर्ण रहेको र मानव अधिकारको संरक्षण र सम्वर्धनमा सरकार सम्बेदनशील रहेको बताउनु भयो ।

समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि उद्धव पोखरेलले सन् २०२५ को पहिलो ६ महिनामा  सात ओटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेखीकरण भएको जानकारी दिनुभयो । जसमा बाल अधिकार, महिला अधिकार, बहुबिवाह लगायतका घटना रहेका उहाँले बताउनुभयो ।

यस अवधिमा जिल्लामा बाल अधिकार हनन्का चार, महिला अधिकारको दुई, कुटपिटका तीन ओटा अभिलेख गरिएको पोखरेलले जानकारी दिनु भयो ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा शारीरिक, मानसिक तथा आर्थिक यातनाका घरेलु हिंसाका आठवटा उजुरी आएकोमा सातवटा घटनाका उजुरीमा मिलापत्र भएको र एक घटनाको उजुरीकर्ता सम्पर्कमा नआएको सो कार्यालयबाट प्राप्त भएको जानकारी जिल्ला प्रतिनिधि पोखरेलले जानकारी दिनु भयो ।

 

 

जिल्ला बारका अध्यक्ष कृष्ण बस्नेतले मानव अधिकारकर्मी, नागरिका समाजका संस्थाहरूले मानवको अधिकार रक्षा गर्न थप सचेतिकरणका कार्यक्रमहरू गाउँगाउँमा बिस्तार गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ दाोलखाका अध्यक्ष प्रभु जिरेलले महिला हिंसा, बाल अधिकारका सवालमा नागरिक सचेतता कार्यक्रम चलाउनु पर्ने बताउनु भयो ।

महिला मानव अधिकारकर्मी सिर्जना कार्कीले गाउँमा अझै महिला तथा बाल हिंसाका घटनाहरू लुकेर बसेका छन्, पीडितलाई न्याय दिलाउन नागरिक समाजका संस्था र कानुन व्यवसायीहरूले थप भूमिका खेल्नुपर्ने बताउनु भयो ।

अन्य

भिडियो