INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम नेपालगञ्जमा ०८२ असार १३ सम्पन्न भएको भयो ।

इन्सेक, डिसीए परियोजनाका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रमको उद्देश्य तथा महत्व बारे प्रकाश पार्दै मानव अधिकार उल्लङ्घन तथा ज्यादितीको घटनाको दस्तावेजको महत्व बताउँदै विभिन्न सरोकारवाला निकायहरुको सुझाव संकलनका लागि वर्षपुस्तक प्रकाशनपूर्व समिक्षा गरेको बताउनुभयो ।

Photo2706202501banke  इन्सेक जिल्ला प्रतिनिधि धु्रबराज शर्माले समीक्षा कार्यक्रममा सन् २०२५ जनवरीदेखि जुनसम्म अभिलेख गरेका १ सय मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना प्रस्तुत गर्नुभयो । जसमा बालसुधार गृहको एक, बाल अधिकार अन्तर्गत बलात्कारका तीस, बाल यौनदुव्र्यहारका चार, महिला अधिकार अन्तर्गत बलात्कारका प्रयास एक, बलात्कार १४, हत्या एक, कुटपिटका एक, मानव बेचविखन तथा ओसार पसराका पाँच तथा घरेलु हिंसाका ४३ वटा गरी १ सय ओटा घटनामा १ सय १९ जना पीडित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बाँके जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले इन्सेकले नेपाल मानव अधिकार पुस्तक विगत लामो समयदेखि अध्ययन गर्दै आएको बताउँदै घटना विशेष मात्र नभई मानव अधिकार उल्लंघनका घटनाहरु आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनैतिक अधिकार भित्रको राज्यका निकायलाई जवाफदेही बनाउने खालका विवरणहरु पनि समेट्नुपर्ने सुझाव दिनुभयो ।

Photo2706202502banke

जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक पातलीले इन्सेकले तयार गरेको अभिलेख प्रहरीका लागि राम्रो सोसियल अडिट भएको बताउँदै घटनाको अध्ययन, अनुगमन, अभिलेखको निष्कर्षलाई समेट्नु पर्ने जोड दिनुभयो । उहाँले राज्यको दायित्व र कार्यान्वयन अवस्था विश्लेषणात्मक रुपमा प्रस्तुत गर्नु पर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय मानव अधिकर आयोग नेपालगञ्ज कार्यालयका निमित्त प्रमूख धनराज शाहीले राज्यका निकायहरुले आफ्नो दायित्व पूरा नगरी दिएपछि मानव अधिकार उल्लंघनका घटना हुने गरेको बताउनुभयो ।

Photo2706202503banke

एड्भोकेसी फोरमका अध्यक्ष तथा अधिवक्ता बसन्त गौतमले आर्थिक, सामाजिक तथा सांस्कृति घटनाहरु र समाजमा भएका घटनाहरु सरोकारवाला निकायमा दर्ता र कार्यान्वयन प्रकृयाको अवस्थालाई समेट्न जोड दिनु भयो । मानव बेचविखन तथा ओसारपसार र बलात्कार घटना चिन्ताजनक रहेकोले रोकथामका लागि न्यायिक प्रक्रियामा पहुँच बढाउन आवश्यक भएको बताउनु भयो ।

इन्सेकका साधारण सदस्य कृष्णमुरारी प्रसाद भट्टले मानव अधिकार उल्ललंघन तथा ज्यादितीका घटनाको अभिलेखीकरण गर्ने नियमित प्रक्रिया भएको र प्रमाणित गराउन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत समेत रहेको, देश तथा विदेशीहरूका लागि मानव अधिकार स्रोत पुस्तिकाको रुपमा मानव अधिकार वर्ष पुस्तक रहेको बताउदै सुझाव सल्लाहका लागि सबैलाई धन्यवाद दिँदै आगामी दिनमा प्राप्त सुझाव सल्लाहलाई समेट्ने प्रयास गर्ने भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

अन्य

भिडियो