वर्ष पुस्तक प्रकाशन पूर्वको अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८२ असार १० गते भरतपुरमा सम्पन्न भयो ।
सन् २०२५ को हालसम्मको मानव अधिकार उलङ्घन तथा ज्यादतीका ४९ ओटा घटनाका जिल्लामा अभिलेख गरिएको इन्सेक चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

जसमा महिला बलात्कारका तीन र बलात्कार प्रयासका ६ वटा घटना रहेका छन् । बालिका बलात्कार १८ घटना छन् । हत्या तर्फ पुरुष ६ जना र महिला दुई जना रहेका छन् । जेठ २६ गते एक जना तेस्रो लिङ्गीको हत्या भएको कार्यक्रममा जानकारी दिइयो ।
त्यस्तै बाल यौन दुव्र्यबहार पाँच घटना, मानव वेचविखन एउटा घटना, जातीय छुवाछुत एउटा घटना, बालविवाह एउटा घटना, आत्महत्या दुरुत्साहन दुई ओटा घटना, बोक्सी आरोप एउटा घटना र गर्भ संरक्षण सम्बन्धी एउटा घटना रहेका छन् ।
