INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ८ गते जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्लले सन् २०२५ जनवरीदेखि जुनसम्म सङ्कलन गरेका मानव अधिकारसँग सम्बन्धित १५ ओटा घटनाहरु समीक्षा कार्यक्रममा प्रस्तुत गर्नुको साथै जिल्लाको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार तथा स्वास्थ्यको अधिकारका सवालमा छलफल गरिएको थियो ।

Photo 2025-06-21 Kalikot (1)

कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले मानव अधिकार सम्बन्धी गम्भीर सवालहरु इन्सेकले उठान गरेको भएता पनि कतिपय सवालहरु छुटेका सवालहरु वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिनु भयो । साथै उहाँले स्वास्थ्य संस्थामा औषधी नभएको, जिल्ला अस्पतालमा गुणस्तरीय सेवा प्रवाह नभएका सवालमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो ।

Photo 2025-06-21 Kalikot (3)

नेपाल बार एसोसियसन कालिकोटका अध्यक्ष अमलराज शाहीले इन्सेकद्वारा प्रकाशन हुने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार हनन् तथा ज्यादतीबाट पीडितहरूको अधिकारका लागि ठूलो सहयोग पुगेको बताउनु हँुदै पीडितलाई कानुनी पहुँचसम्म पुर्याउन इन्सेकसँग सहकार्य र समन्वय भइरहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, कालिकोटका अध्यक्ष भरतराज विष्टले मानव अधिकार हनन्बाट पीडित भएकाहरुको सबैभन्दा धेरै पत्रकारले लेख्ने भएकाले पत्रकारहरु जोखिममा रहेको बताउनु भयो ।

Photo 2025-06-21 Kalikot (2)

कार्यक्रममा राजनीति दलका तर्फबाट नेपाली कांगे्रसका दिलु बम, एमालेका मैया मल्ल, माओवादी केन्द्रका कृष्णकला काफ्ले, नागरिक समाजका अध्यक्ष दमराज बम, युवा मानव अधिकार रक्षक सञ्जालका संयोजक निस्ता कार्की, मानव अधिकारकर्मी प्रदिप धिताल लगाएतको सहभागिता रहेको थियो ।

अन्य

भिडियो