
५३ औं विश्व वातावरण दिवस २०२५ इन्सेक लगायत वातावरण तथा वातावरणीय मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा ०८२ जेठ २२ गते सम्पन्न गरिएको छ ।
इन्सेक मधेस प्रदेश, ग्रिन स्पेस नेपाल, नेपाल विकास समाज, एडभोकेसी फोरम, ओरेक, निल हिरा समाज, दिव्य विकास स्रोत केन्द्र, पिन नेपाल, ह्याण्डमेड, कार्ड नेपाल, सामुदायिक परिवार कल्याण सङ्घ, एमनेस्टी इन्टरनेसनल समूह ४६, एनवाईसिए जनकपुरधाम, माइती नेपाल, जनकल्याण समाज नेपाल, नयाँ आशा एफएम, वातावरणीय मानव अधिकार रक्षक, महिला मानव अधिकार रक्षक र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा ५३ औं विश्व वातावरण दिवस २०२५ सम्पन्न गरिएको हो ।

५३ औं विश्व वातावरण दिवस २०२५ “द्यभबत एबिकतष्अ एयििगतष्यल” भन्ने मुल नाराका साथ जनक चोक, शिव चोकदेखि गंगा सागर हुँदै राम चोक वरिपरि जथाभावि फ्याकिएका प्लास्टिक तथा प्लास्टिक जन्य वस्तुहरू सङ्घ संस्थाका पदाधिकारी र विद्यार्थी भाई बहिनिहरूले टिपेर सफा गरेका थिए । साथै प्लास्टिक तथा प्लास्टिक जन्य वस्तुले वातावरणलाई प्रदुषण गर्नुका साथसाथै यसले मानव जीवनमा पु¥याएको नकारात्मक प्रभावलाई समेत विद्यार्थी भाइ बहिनिहरूले प्ले कार्ड मार्फत जनचेतना फैलाउने प्रयास गरेका थिए ।
प्लास्टिक तथा प्लास्टिक जन्य वस्तुको प्रयोगले मावनलाई हानि त पु¥याउछ नै तर यसले गर्भवति तथा सुत्केरी महिला बालबालिका र ज्येष्ठ नागरिकलाई बढि प्रभावित गरेको उपस्थित वातावरणीय मानव अधिकारकर्मीहरूले बताउनु भयो ।
त्यसैगरी, सहभागि विद्यार्थी भाइ बहिनिहरूलाई उहाँहरूले सङ्कलन गर्नुभएको प्लास्टिकको तौलको पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा जनकपुरधामस्थित तिरहुतीया गाछीमा वृक्ष रोपण कार्यक्रम गरिएको थियो ।

यता, विश्व वातावरण दिवसको अवसरमा जेठ २३ गते जनकपुरधाम उपमहानगरपालिकास्थित ज्ञानकुप माध्यमिक विद्यालयमा उक्त विद्यालयमा अध्ययनरत कक्ष ९ र १० का विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम गर्नुको साथै वृक्षा रोपण कार्यक्रम गरियो ।
