६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका-१ का २३ वर्षीय बबुन्न चौधरीलाई माघ २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका सई टिकाराम पोख्रेलले जानकारी दिए। पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।