INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहको क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार समूहको पदाधिकारीको क्षमता अभिबृद्धि तालिम ०८२ जेठ १६ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेक आफैमा एउटा अभियान रहेकाले नागरिकहरुका मानव अधिकारका सवाल उठान गरी स्थानीय तहलाई जवाफदेही र जिम्मेवार बनाउनका लागि मानव अधिकार समूहका पदाधिकारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।

photo20250531kailali (6)

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले इन्सेक अभियानमा अभिलेखिकरणको निकै नै महत्व रहेकाले कुनै पनि घटनाको अनुगमन प्रतिवेदन लेखन गर्न आवश्यक रहेको बताउनु भयो ।

इन्सेक कञ्चनपुर जिल्ला सहजकर्ता कैलश पनेरुले मानव अधिकार समूहले स्थानीय तहमा समूह दर्ता गरेर कार्यक्रमका लागि प्रस्तावना पेश गरी कार्यक्रम ल्याउन सक्ने बताउनु भयो ।

photo20250531kailali (5)

मानव अधिकार समूहका प्रदेश संयोजक तथा बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहका अध्यक्ष गोविन्द सापकोटाले बेलौरी नगरपालिकाका १० ओटै वडामा मानव अधिकार समूहले छुट्टै पहिचान बनाउन सफलभएको र नगरपालिका क्षेत्रमा मानव अधिकार कार्यक्रम समेत सञ्चालन गरेको बताउनु भयो ।

लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समूहका अध्यक्ष सोमनाथ रानाले मानव अधिकार समूह गठन भएदेखि इन्सेकका कारण मानव अधिकारसम्बन्धी धेरै विषयहरुका बारेमा जानकारी पाउन सकिएकोले इन्सेकसँगको सहकार्य रहिरहने बताउनु भयो ।

photo20250531kailali (3)

घोडाघोडी नगरपालिकाकास्तरीय मानव अधिकार समूहका अध्यक्ष आशा परीयारले मानव अधिकार समूह गठन भएपछि मानव अधिकारका सवालमा जान्ने आवसर प्राप्त भएको बताउनु भयो ।

कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहका अध्यक्ष मानबहादुर चौधरीले मानव अधिकार समूहमा काम गर्दा सिकाईसँगै चुनौतीहरुको पनि सामना गर्नु परेको र गाउँपालिकामा समूह दर्ताको प्रयास भइरहेको बताउनु भयो ।

photo20250531kailali (2)

कार्यक्रममा मानव अधिकार समूले तीन वर्षको अवधिमा गरेका कामहरुको समीक्षा र आगामी अयोजनाका बारेमा पनि छलफल गरिएको थियो ।

अन्य

भिडियो