INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारमूखी पद्धतिको अवधारणासम्बन्धी तालिम सम्पन्न

Photo 20250522 Dhanusha (8)

डिसिएको आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मानव अधिकारमूखी पद्धतीको अवधारणासम्बन्धी क्षमता अभिबृद्धि तालिम जेठ ८ गते मिथिला नगरपालिकाको लालगढमा सम्पन्न भएको छ ।

नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी तथा वातावरणीय मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धिका लागि उक्त तालिमको आयोजना गरिएको हो ।

499735734_4092660057683159_7809178198899560538_n

राष्ट्रिय मानव अधिकार आयोग, मधेस प्रदेश कार्यालयका प्रमुख तथा सहसचिव बुद्धनारायण सहनीले मानव अधिकारको अवधारणा, मानव अधिकारप्रति राज्यको दायित्व र मानव अधिकारमुखि पद्धति बारे सहजिकरण गर्नु भयो ।

विकास निर्माणका कार्यहरू मानव अधिकार केन्द्रीत हुनुपर्ने उहाँले उल्लेख गर्नु हुँदै मानव अधिकारप्रति राज्य र सरोकारवाला उत्तरदायि हुनुपर्ने बताउनु भयो । मानवीय तथा भौतिक विकास विभेदरहित, सम्मानित, सहभागितामूलक, जवाफदेही र मर्यादित हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।

Photo 20250522 Dhanusha (3)

अधिवक्ता राजकुमार महासेठले मानव अधिकारको सिद्धान्त, राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनहरुका बारेमा सहजिकरण गर्नु भयो । नागरिकको मानव अधिकार प्रत्याभूति गर्ने प्रमुख दायित्व राज्यको भएको उहाँले उल्लेख गर्नु हुँदै संविधानले व्यवस्था गरेको मौलिक हक र नौ ठूला महासन्धिका बारेमा उहाँले चर्चा गनु भयो ।

इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले तालिमको उद्देश्य बारे प्रकाश पार्नु हुँदै मानव अधिकारका सवाल तथा घटनाहरूको अनुगमन र अभिलेखिकरण कार्यको महत्व तथा प्रक्रियाको बारेमा सहजिकरण गर्नु भयो ।

मानव अधिकार हनन्का घटनाहरूको अनुसन्धानको क्रममा प्रयोग गर्न सकिने सूचना, जानकारी, प्रमाणिक कागजात वा लिखित विवरण वा श्रव्य दृश्य वा तस्वीरहरूलाई सङ्कलन गरी व्यवस्थित रुपमा राख्ने कार्यमा मानव अधिकार रक्षकहरूले ध्यान दिनुपर्ने कुरामा पासवानले जोड दिनु भयो ।

इन्सेकको संरक्षण परियोजनाका परियोजना अधिकृत टेकनाथ आचार्यले मानव अधिकारमूखी पद्धतीको अवधारणा विकासका लागि मानव अधिकार रक्षकहरूको भूमिका, जिम्मेवारी र अधिकारको बारेमा सहजिकरण गर्नु भयो ।

मानव अधिकारमूखी पद्धतीको अवधारणा व्यवहारमा उतार्नका लागि मानव अधिकार रक्षकहरूले राज्यलाई सदैब खबरदारी गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

तालिममा मानव अधिकारका क्षेत्रमा क्रियाशिल नागरिक समाजका प्रतिनिधि, मानव अधिकार रक्षक÷वातावरणीय मानव अधिकार रक्षक, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्गताका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Photo 20250522 Dhanusha (6)

अन्य

भिडियो