
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र निसहाय सेवा समिति, डाक्नेश्वरीले डाक्नेश्वरी नगरपालिका-५ स्थित श्री क. च. मा. विद्यालयमा वैशाख १३ गते निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन गरेको छ ।
उक्त शिविर इन्सेकद्वारा डाक्नेश्वरी नगरपालिकामा गठित नगरस्तरीय मानव अधिकार समूहर र निसहाय सेवा समिति, डाक्नेश्वरीले संयुक्त रुपमा सञ्चालन गरेको हो । शिविर सञ्चालन बिहानको ९ बजेदेखी दिउँसो २ बजेसम्मका लागि गरिएको थियो ।
शिविर सञ्चालनका लागि नेपाल नेत्र ज्योति संघ, लहान आँखा तथा कान उपचार प्रणाली, सगरमाथा चौधरी आँखा अस्पताल लहानले प्राविधिक सहयोग गरेको थियो भने च्गष्त ायगलमबतष्यल ले आर्थिक सहयोग गरेको थियो ।
शिविरमा ३ सय ८ जना बृद्धबृद्धाहरूले सेवा लिएको मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, २ सय ६० जना सेवाग्राहीहरूले आँखाको उपचार गराइ सेवा लिए । जसमध्ये ७५ जनाले आँखाको अप्रेशन गराएका थिए । ४८ जनाले कानको प्राथमिक उपचार र जाच गराएर सेवा लिएका छन् ।
शिविरमा आँखा तथा कान जाँच, मोतिबिंदु भएको बिरामीहरूको छनोट गरी अस्पतालमा निःशुल्क अप्रेशन सेवा, अप्रेशन गर्नुपर्ने बिरामीहरूका लागि निःशुल्क ल्याव सेवा र सुपथ मुल्यमा औसधि र चश्माको व्यवस्था जस्ता सेवाहरू शिविरमा उपलब्ध गरिएको थियो ।

