बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ वैशाख १० गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
बलात्कार घटनाका पीडित १३ वर्षीया बालिकालार्ई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ ।
जबरजस्तीकरणीसम्बन्धी मुद्दा जिल्ला अदालत, कञ्चनपुरमा काननुी प्रक्रियामा रहेको भए पनि आर्थिक अभावका कारण कानुनी प्रक्रियामा जान समस्या उत्पन्नभएकोले आर्थिक सहयोग गरी दिन पीडितले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयमा निवेदन दिएपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।