INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितलाई आर्थिक सहयोग

बालत्कार घटनाका पीडित १६ वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षबाट १० हजार रुपियाँ आर्थिक सहयोग वैशाख ९ गते प्रदान गरिएको छ । दलित सरोकार मञ्चको सिफारिशमा मञ्चका कार्यकारी निर्देशक भोला पासवान र स्थानीय तहको उपस्थितिमा पीडित बालिकाको बुवालाइ सो रकम बरावरको चेक हस्तान्तरण गरिएको हो ।

बालिकालाई ०८१ जेठ १२ गते आरोपित कंचनरुप नगरपालिका वडा नं. ४ का २१ वर्षीय कालुदादा भनिने पुस्कार साहले बलात्कार गरेको आरोप छ । आरोपित साहले ललाई फकाई बलात्कार गरेको र ज्यान मार्ने धम्की दिएका कारण छोरीले घटना बारे जानकारी नगराएको पीडितका बुवाले जानकारी दिनु भयो ।

६ महिनाको गर्भवती भएपछि पीडित परिवारले सोधिखोजि गर्दा आरोपित साहले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । हाल पीडित बालिकाले छोरा जन्माएकी छिन् । बालक दुई महिनाका छन् ।

पीडित पक्षले २०८१ मङ्सिर १० गते इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी दर्ता गराएको छ । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्र नारायण सिंह अस्पतालमा मङ्सिर १० गते नै गरिएको थियो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानसँगको भेटमा पीडित बालिकाको बुवाले न्यायका लागि पहल गरिदिनु हुन भनि निवेदनमार्फत अनुरोध गरेका छन् ।

घटनाका आरोपित साह फरार रहेको र खोजि कार्य जारी रहेको इलाका प्रहरी कार्यालय, कंचनपुरका असइ अरविन्द्र साहले जानकारी दिनु भयो ।

अन्य

भिडियो