INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल सम्पन्न

अनौपचारिक  क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक छलफल कार्यक्रम ०८१ चैत १५ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार सहायता कक्षमा आएका निवेदनमा छलफल गरी आवश्यक कागजात पुरा गरी आउने घरेलु हिसा पीडितलाई कानुनी प्रकृयामा आर्थिक सहयोग गर्दै आइरहेको र कानुनी प्रकृयामा पीडितहरुको पहुँच पुगाउन समेत सहयोग गरिएको बताउनु भयो ।

photo20250328kailali (2)

गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा मानव अधिकार सहायता कक्षका संयोजक देवीप्रसाद खनालले मानव अधिकार सहायता कक्ष मार्फत मानव अधिकार रक्षकहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएता पनि लैङ्गिक तथा यौन हिंसामा परेका आर्थिक आवस्था कमजोर भएका पीडितलाई न्यायिक प्रकृयामा सहयोग गर्दै आइरहेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि विदेशराम चौधरीले बढ्दो प्रविधिसँगै समुदायमा सामाजिक सञ्जालको गलत प्रयोगबाट बिभिन्न किसिमका घटनाहरु बढदै गएकोले यसतर्फ नागरिक समाजबाट पनि सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

मानव अधिकारका लागि महिला एकल महिला समुहकी संयोजक वेद अवस्थीले समुदायस्तरमा घरेलु र यौन हिंसा पीडित मात्र नभएर अन्य घटनाका पीडितहरु पनि आर्थिक समस्यामा परेकाले छोराछोरी पढाउन नसक्ने अवस्थामा रहेका पीडित परिवारको राज्यका निकायसँग पहुँच अभिबृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।

photo20250328kailali (1)

सवलीकरण विषयक छलफल कार्यक्रममा मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहायकता प्रदान गरिएका र आर्थिक सहायताका लागि इन्सेकमा निवेदन दिएका हिंसा पीडित महिलाको न्यायका लागि सहायता कक्षमार्फत सहयोग प्रदान गर्ने निर्णय समेत गरिएको छ

अन्य

भिडियो